साहित्यकार लक्ष्मण थापालाई नवनीतको सम्मान

पाेखरा | माघ २८, २०७९

साहित्यकार लक्ष्मण थापालाई नवनीतको सम्मान

पोखरा:  साहित्यकार लक्ष्मण थापालाई नवनित साहित्य सागरले आफ्नो नियमित काव्य वाचन तथा श्रवण कार्यक्रमका २३८ औं श्रृङ्खलामा सम्मान गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ वरिष्ठ साहित्यकार सरुभक्तले सम्मान पत्र, दोसल्लाले उनलाई सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालले अविर लगाएर सम्मान गरेका थिए ।


छोरेपाटन माविको सभाहलमा भएको कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अध्यक्ष, प्रतिनिधि, शिक्षक, विद्यार्थीहरुले पुष्पगुच्छा प्रदान गरी वधाई दिएका थिए ।


साहित्यकार थापा नवनीत साहित्य सागरका संस्थापक अध्यक्ष हुन । साथै सोही विद्यालयका पुर्व प्रधानाध्यापक हुन । शिक्षण पेशा संगै साहित्यको विकासमा उनले गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै संस्थाले सम्मान गरेको हो ।


सो अवसरमा संस्थाका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मेघनाथ पौडेलले स्वागत र कार्यक्रम संचालन सचिव सीता बरालले गरेकी थिईन भने सम्मानित ब्यक्तिको परिचय लक्ष्मी देबकोटाले दिएकी थिईन । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्